बाइबलले चन्द्रमाको प्रकाश बारे के भन्छ ?🤔🤔

 


उत्पत्ति 1:16 

 अनि परमेश्‍वरले दुई विशाल ज्‍योतिहरू बनाउनुभयो– ठूलो ज्‍योति दिनमाथि प्रभुत्‍व गर्न, र सानो ज्‍योति रातमाथि प्रभुत्‍व गर्न। उहाँले ताराहरू पनि बनाउनुभयो।

इजकिएल 32:7 

 मैले तेरो नामनिशाना मेट्‌दा म आकाश ढाकिदिनेछु,  र त्‍यसका ताराहरूलाई अँध्‍यारो पारिदिनेछु।  म सूर्यलाई बादलले ढाक्‍नेछु,  र चन्‍द्रमाले प्रकाश दिनेछैन।

मर्कुस 13:24 

“तर ती दिनमा त्‍यस महासङ्कष्‍टपछि सूर्य अँध्‍यारो हुनेछ, र चन्‍द्रमाले आफ्‍नो चमक दिनेछैन,


बाइबलका यिनै खन्डहरूको आधारमा बाइबल आलोचक हरू प्रश्न खडा गर्छन 

कि बाइबलले चन्द्रमाको आफ्नै प्रकाश छ भन्छ जुन अवैज्ञानिक हो । किनकी सुर्यको प्रकाशको ३-१२% सम्म प्रकाश चन्द्रमाले परावर्तन गर्छ र मात्र पृथ्वीमा ज्योती दिन्छ । त्यसैले बाइबल मा भुल भएको कारण ले बाइबल परमेश्वरको वचन हुन सक्दैन । 

त्यसैले आज यो लेखमा यस सम्बन्धमा बाइबलका खन्डहरूले के भन्छ हामी नियालेर हेर्नेछौ । 

चन्द्रमाको बारेमा बाइबलमा सबैभन्दा पहिले उत्पत्ति 1:16 मा उल्लेख गरिएको छ । 

अनि यस पदमा सुर्य लाई ठूलो ज्योती र चन्द्रमा लाई सानो ज्योतिको रुपमा उल्लेख गरिएको छ । 

अनि स्वभाविक प्रश्न उठ्नु कुनै नौलो कुरो होइन कि

के बास्तबमानै चन्द्रमाको पनि आफ्नो प्रकाश हुन्छ ?

 हामी यसका लागि केही सम्भाब्य उत्तर हरू जान्ने प्रयत्न गर्नेछौ । 

१. उत्पति को १:१४-१८ को सन्दर्भ 

  हामीले बुझ्नु पर्छ कि यी खन्डहरूमा परमेश्वर ले यी सुर्य, चन्द्र, तारा, ग्रहहरू साथै उपग्रहहरू किन सृष्टि गर्नु भयो भन्ने कुराको सारासं दिएको छ न कि ब्याख्यातमक विवरण ।

अब बाइबलले पुर्ण व्याख्या गरेको छैन भन्दैमा यसको गलत व्याख्या गर्ने अधिकार हामीलाइ छैन । 

२. भाषाशैली 

उत्पति १:१६ मा प्रयोग गरिएको भाषालाइ फेनोमेनोलोजिकल( phenomenological language ) भनिन्छ । यो हामीले हाम्रो दैनिक जीवनमा प्रयोग गरिरहेका हुन्छौ । जस्तै जब बिहानी हुन्छ हामी भन्छौ सुर्य पनि उदायो । 

तर सत्यता के हो भने सुर्य उदाउने र अस्ताउने हुदैन 

यो त पृथ्वीको घुमाइको अनुपातमा देखिने मात्र हो । यस्तो भाषालाइ नै phenomenological language भनिन्छ । 

अब प्रश्न आउँछ हामीले दैनिकी जीवनमा चाहिँ यस्तो भाषा प्रयोग गर्न हुने अनि बाइबलमा प्रयोग गर्दा चाहिँ किन समस्या ?

 अनि अर्को कुरो कसरी उत्पति को पुस्तकमा ठूलो र सानो भनी सुर्य र चन्द्रमा लाई वर्गीकरण गरिएको छ यो उनिहरूले ज्योती उत्पदान गर्ने आधारमा नभई यिनिहरूले पृथ्वीमा दिने ज्योतिको आधारमा गरिएको भनेर पनि हामी बुझ्न सक्छौ । 

र यो सत्य हो कि रातिमा सुर्यको प्रकाश परावर्तन गरेर चन्द्रमाले पृथ्वीमा ज्योती दिने काम गर्छ । 

त्यसैले पनि चन्द्रमालाइ रातमा प्रभुत्व गर्ने भनिएको हो भनि हामी सहजै अनुमान लगाउन सक्छौ । 

३. उत्पतिको खण्डको हिब्रू भाषा 

यश खण्डमा ज्योतिको लागि हिब्रू " Owr" प्रयोग गरिएको छ जसको अर्थ निम्न हुन्छन 

- to be or become light ( ज्योती हुनु )

- to be iluminated or become lighted up ( उज्यालो पार्नु ) 

भन्ने हुन्छ । 

यसैको दोस्रो अर्थ प्रयोग गर्ने हो भने पनि यो खन्ड बैज्ञानिक हुन्छ किनकी चन्द्रमाले रातमा ज्योती दिन्छ । जुन ध्रुवसत्य हो । 

४. मर्कुस र इजकिएल को सन्दर्भ 

यी खण्डहरूमा भबिश्यमा हुने कुराको बारेमा बताइएको छ । र यी खन्डमा स्पष्ट रुपमा लेखिएको पनि छि " चन्द्रमाले चमक दिनेछैन " 

तर बास्तबमानै हामीले यी खण्डहरूलाइ गहिरिएर हेर्ने हो भने पहिला सुर्यले आफ्नो ज्योती गुमाउने छ अनि चन्द्रमाले भनिएको छ । जुन सतप्रतिशत बैज्ञानिक छ । किनकी बिज्ञान ले भन्छ सुर्यको प्रकाश पराबर्तन गरेर चन्द्रमाले ज्योती दिन्छ अनि सुर्यको नै चमक बन्द भए पछि चन्द्रमाले संवत: प्रकाश दिन छोड्छ । 

त्यसैले यी खन्डहरले पनि चन्द्रमाको आफ्नो प्रकाश छ भन्ने कुरोलाइ जोड दिदैन । 

त्यसैले निष्कर्ष मा हामी भन्न सक्छौ 

भलै बाइबलको खन्डहरूकाइ झलक्क हेर्दा चन्द्रमाले आफ्नै प्रकाश उत्पादन गर्छ जस्तो लागे पनि यसको स्पष्ट अध्ययन ले हामीलाइ यस्तो देखाउदैन । र अध्ययन ले हामीलाइ यो मुद्दामा पनि बाइबल बिज्ञान सम्बत नै छ भनी देखाउछ ।

 स्रोतहरू  १. https://www.revelation.co/2015/06/29/does-the-bible-call-the-moon-a-lesser-light-genesis-116-commentary २. https://www.compellingtruth.org/moon-light.html ३. https://www.gotquestions.org/moon-light.html ४. https://answersingenesis.org/astronomy/moon/by-the-light-of-the-moon  


Comments