बाइबल अनुसार के पृथ्वी चेप्टो छ हो ?🤔🤔
बाइबल र बिज्ञान भलै एकै धारका होइनन तर ।
बाइबल एक प्राचीन समयमा लेखिएको धार्मिक ग्रन्थ हो । तर पनि यस पुस्तकमा आधुनिक बिज्ञानले बिसौ सताब्दिमा पत्ता लगाएको खोजको समेत सुराक दिएको छ भनी कयौ बाइबल विद्वानहरू बाइबल खन्ड हरू लाई देखाउछन । तर कयौ बाइबल आलोचकहरूले भने बाइबलका कयौ खण्ड लाई लिएर बाइबल अबैज्ञानिक हो भनी तर्क गर्छन त्यसमध्ये
एउटा हो बाइबल अनुसार पृथ्वी चेप्टो छ ।
के वास्तवमा नै बाइबल ले यस्तै बताउछ त ?
बाइबलका केही खण्ड हरूलाइ नियाल्ने छौ ।
अय्यूब 38:13-14
र यसले पृथ्वीको छेउ समातेर दुष्टहरूलाई त्यहाँबाट हटाउन त्यसलाई हल्लाओस्?
लमाटोले टाँचाको मुन्तिर आकार लिएजस्तै पृथ्वीले आकार धारण गर्छ, त्यहाँका आकृति लुगाको जस्तै प्रष्ट देखिन्छन्।
यशैया 11:12
उहाँले जाति-जातिहरूका निम्ति एउटा झन्डा खड़ा गर्नुहुनेछ, र इस्राएलका निकालिएकाहरूलाई र यहूदाका छरपष्ट भएकाहरूलाई पृथ्वीको चारै दिशाबाट भेला गराउनुहुनेछ।
यशैया 40:22
उहाँ पृथ्वीको परिधिभन्दा माथि विराजमान हुनुहुन्छ, र पृथ्वीका मानिसहरूचाहिँ फटेङ्ग्राजस्तै छन्। उहाँले आकाशलाई पर्दाझैँ फिँजाउनुहुन्छ, अनि त्यसमा वास गर्नलाई पालझैँ त्यो फैलाउनुहुन्छ।
प्रकाश 7:1
यसपछि पृथ्वीमा वा समुद्रमा वा रूखमा बतास नचलोस् भनी चार स्वर्गदूतहरू पृथ्वीका चारै बतासलाई रोकेर पृथ्वीका चार कुनामा उभिरहेका मैले देखें।
के वास्तवमा नै यी खण्डहरूले चेप्टो वा समतल पृथ्वी को बारेमा बताउछ ?
यी माथिका खण्डहरूमा पृथ्वी को बारेमा आउने सन्दर्भहरूलाइ नियाल्ने छौ ।
१. पृथ्वी को चार कुना ।
माथीका खण्डहरूमा हामी यो भाषा पाउछौ कि " पृथ्वीको चार कुना "
के वास्तवमानै यो भाषाले पृथ्वी चार पाटे वा चर्तुरभुज भएको तथ्य लाई बताउछ त ?
हामीले यो बुझेको हुनुपर्छ कि आज पनि कयौ खगोलविद्द, भौतिकसास्त्री साथै सिक्षित ब्यक्तिहरूले पनि यस्तो भाषालाइ प्रयोग गर्दछन जसलाइ फेनोमेनोलोजिकल भाषा ( phenomenological language ) भनिन्छ । अनि यसको प्रयोग हामीले पनि दैनिकी जीवनमा प्रयोग गर्दछौ र बाइबलमा यस्तो भाषा प्रयोग गर्नु एक सामान्य बिषय हो ।
जस्तै: हामी भन्ने गर्छौ कि नेपाल बाट रोजगारीको शिलसिलामा हाम्रा नेपाली दाजु भाइ पृथ्वी( संसार ) का कुना कुनामा पुगेका छन । यसको मतलब यो होइन कि हाम्रा नेपाली दाजुभाइ लाखौ सङ्ख्यामा पृथ्वीको कुना कुनामा पुगेका छन र पृथ्वी को पनि लाखौ कुना छन । त्यसैले बाइबल ले चार कुना भन्दा पनि त्यसको गलत अर्थ लगाउनु मुनासिब नहोला ।
२. येशूले एउटा पर्वतबाट सारा राज्य हेर्नुभयो
यो हामी मत्ती ४:८ मा पाउदछौ " फेरि दियाबलसले उहाँलाई एउटा अल्गो पर्वतमा लगेर संसारका सबै राज्य र तिनको वैभव उहाँलाई देखायो,
यहाँ सारा संसार भनिएको ले एक पर्वत बाट सारा संसार देखिन असम्भब छ । यो तब सम्भव हुन्छ जब पृथ्वी समतल (flat ) हुन्छ ।
त्यसो भए के यो खण्डको आधारमा यहि निष्कर्ष निकाल्ने अनि बाइबल अबैज्ञानिक हो भनी मिल्काइदिने त ?
होइन
हामीले यो खण्डलाइ मात्र लिएर यस्तो निष्कर्ष निकाल्नु सहि नहोला ।
यस्तै भाषा भएको बाइबलिय अरू खण्ड पनि हामी हेर्ने छौ ।
जस्तै लूका 2:1
ती दिनमा कैसर अगस्टसले तिनको सारा साम्राज्यमा जनगणना लिनू भन्ने हुकुम जारी गरे।
यहाँ प्रयोग गरिएको सारा साम्राज्य ले संसार पुरै लाई संकेत नगरी अगस्टसको निश्चित राज्य लाई अंकित गर्छ ।
हो त्यसै गरि मत्तिको खण्डमा पनि यस्तो भाषा प्रयोग गर्दा कुनै निश्चित स्थान लाई बताएको हुनुपर्छ ।
त्यस्तै अर्को खण्ड
रोमी 4:13
संसारको उत्तराधिकारी हुनलाई अब्राहाम र उनको वंशलाई दिइएको प्रतिज्ञा व्यवस्थाद्वारा आएको होइन, तर विश्वासको धार्मिकताद्वारा आएको हो।
यस खण्डमा पनि प्रयोग गरिएको छ "संसारको उत्तराधिकारी हुनलाइ" यसको मतलब पुरै संसारमा राज्य गर्ने भन्ने होइन तर इस्राएली हरूको राज्यमा भन्ने हो ।
त्यसैले बाइबलका कुनै खण्ड प्रष्ट नहुदा त्यसै सङ्ग सम्बन्धि अन्य खण्ड सङ्ग तुलना गरेर अध्ययन गरि निष्कर्षमा जानू मुनासिब हुन्छ ।
अनि यसमा पनि हामी ढुक्क हुन सक्छौ कि येशूले सारा संसार नदेखी यहुदिया साथै केही राज्य मात्र देख्नुभयो ।
यसले चेप्टो पृथ्वी को सिद्धान्त लाई सहायता पुर्याउदैन ।
निष्कर्ष : भलै बाइबल बैज्ञानिक पाठ्यपुस्तक होइन तर पनि परमेश्वरको प्रेरणा पाएर मानिसले लेखेको कारण केही पुर्व-बैज्ञानिक कुरा पाउनु कुनै नौलो बिषय होइन साथै माथी का खण्डका आधारमा लगाइएको दोष पनि साचो होइन ।
स्रोतहरू


Comments
Post a Comment